२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

थारु समुदायको होली पर्व र लक्षित म्युजिक भिडियो ।।

image

कपिलवस्तु,

रङ्ग तथा हिन्दुहरुको महान पर्व भनेर मनाईने पर्व होली पनि एक हो । यसै पर्वलाई नेपाली समाजमा फरक फरक समुदायले आ–आफ्नो रीतिथिति परम्परा अनुसार बेग्ला–बेग्लै ढङ्गाले मनाईने गरेको देख्न सकिन्छ । सोही परम्परालाई मान्यता राख्दै थारु समुदायले भने होली पर्वलाई केहि रोचक तरिकाले मनाउने गरेको पाईन्छ । 

थारु समुदायमा संभव भए घर घर नभए एक ठाउँमा जम्मा भएर रङ्ग सहित नाच्ने गाउने साथसाथै होलीको पहिलो दिन बेलुका केराको बोट, भक्लेंरको बोट भुइमा गाड्ने र त्यसमाथि नल (टिल्ठा) खेतमा लगि (सम्मत) जलाउने गरिन्छ । थारु समुदायकोे अनुसार सम्मत जलाउनु भनेका मरेको लास (मुर्दा) हो भन्ने अर्थ लाग्दछ त्यो जलाउँदाको बखत केटाकेटीहरको कपडाहरु आगोमा सेक्ने र सेकेपछि दुःख कष्ट नआउने थारु अगुवा हर्जु थारुले बताए । अर्को भोली पल्ट त्यहि खरानी ल्याउने र रङ्ग दुबै मिसाई घरको कुल देउतालाई चढाउनुका साथै होली दुई दिन बनाउने चलन रहेको जानकारहरु बताउँछन् । 

त्यसैलाई लक्षित गरि थारु भाषाको गीतहरु धमाधम सार्वजनिक हुने क्रम नै जारी छ । यसैबीच सोही पर्वलाई लक्षित गरि “भौजी हो भौजी” बोलको थारु भाषाको गीत सार्वजनिक भएको छ । जसमा पश्चिम क्षेत्रकै लोक प्रिय युवा गायक खेम चौधरी र मनमती बखरीयाको निकै सुमधुर स्वरमा सजिएको धुमधामका साथ होली पर्व मनाउने गरि उक्त गीत थारु प्र्रोडकसन हाउसबाट केहि दिन अघि सार्वजनिक भएको हो । हिरा चौधरीले निर्देशन गरेको भिडियोमा बिरु चौधरी र सामु चौधरीले गरेको अभिनयमा मुख्य भूमिका रहेको भिडियोमा देख्न सकिन्छ । यस्तै शब्द संगित मनमती बखरीयाले आफैले गरेकी छन् । भने कोरसमा निक्का बोस(निरज), रन्जिता बखरीया, सनी र डटकम चौधरी लगायतले कलर फुल्ल भएको देखिन्छन् । 

देवर भाउजुले रङ्ग र अविरसँगै होली खेलेको रमाइलो पल तथा होलीको उत्साह मनाउँदै गरेको भिडियोमा क्यामेरा मेन अमित बिकले गरेका छन् भने मेकअपमा शिवा पार्की रहेका छन् । यसैगरी सम्पादन भने हिरा चौधरीले गरेका छन् । थारु समुदायले बर्षभरि आफू भित्र रहेको रिस राग सबै भुली एक आपसमा भाइचारा एवम् सदभावको सम्बन्ध काय गर्ने मान्यता राख्दै आएको बताईन्छ । रङ्गको पर्वमा सर्तक रहि गीत संगीतसँगै मनोरञ्जन गरि पर्व मनाउने कलाकारले विश्वास लिएका छन् । भिडियोमा कलरफुल तस्बिर लगायत मनोरम दृश्यहरु सँगै निर्माण गरिएको सो म्युजिक भिडियोले निकै चर्चा पाउने कलाकारले जिकिर गरेका छन् ।
 

https://www.youtube.com/watch?v=wijejtBVHyg