२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

सुरक्षित पानीको लागि वायोस्याण्ड फिलटर सम्बन्धी अभिमुखिकरण ।।

image

कपिलवस्तु, 

कपिलवस्तुको शिवराज–१, उमरीमा सुरक्षित पानीको लागि वायोस्याण्ड फिलटर सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । “सरक्षित पानी स्वास्थ्य जिन्दगानी” भन्ने मुल नाराका सञ्चालन भएको कार्यक्रम पोषण वायोस्याण्ड फिलटर प्रबर्धन तथा स्वाच्छता केन्द्रको प्राविधिक सहयोग र थारु कल्याणकारिणी सभाको आयोजनामा कार्यक्रम गरिएको हो ।

पोषण वायोस्याण्ड फिलटर प्रबर्धन तथा स्वाच्छता केन्द्रका प्रशिक्षक दयाराम शर्माले सहभागीलाई प्रशिक्षण दिँदै मानवीय जीवन पानी विना अपरिहार्य रहेका बताएका छन् । मनाव लगायतका जीवहरुमा ७५ प्रतिशत पानीको मात्र रहेको हुनाले स्वाच्छ पानी पिउन जरुरी रहेको बताए । मानिसलाई रोग लागुको अधिकांश कारण नै दुषित पानीको प्रयोग भएको उनले जनाए । प्रशिक्षक शार्माले भने “पानी सबैले प्रयोग गछौं तर मानव शरिरलाई स्वास्थ्य पानीको महत्वपूर्ण भुमिका रहन्छ ।” चर्पी लगायत दिशा जन्य वस्तुले खाने पानीलाई असर पारिहेको जनाउँदै नेपाल एसियाकै नमुना देश भनिए त पनि अमूल्य जीवनमा स्वास्थ्यको लागि स्वास्थ्य पानी पिउनु आवश्यक रहेको शार्माले बताए । पानी के हो ? र पानी किन आवश्यक छ ?  लगायतका विषयमा प्रशिक्षण दिएको शार्माले जनाए ।

यस्तै समाजसेवी तथा थारु अगुवा सुरेन्द्र थारुले विकास निमार्ण लगायतका क्रियाकलापमा बढी जोड दिने तर पानी लगायतका स्वास्थ्य क्षेत्रमा स्थानिय सरकारले खासै ध्यान दिएको बताए । पानी जस्तो मानवीय जीवनमा अपिरहार्य चीजलाई ध्यान जरुरी रहेको बताउँदै समुदायमा यस्तो कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले जनाए । जीवनमा स्वास्थ्य रहन स्वास्थ्य पानी खानु पनि त्यत्तिकै महत्वपूर्ण रहेको जनाउँदै यस प्रकारको कार्यक्रमले समाज निरन्तरता दिनुपर्ने उनले जिकिर गरे ।

थाकस शिवराज नगर कार्यसमितिको अध्यक्ष इन्द्र थारु, शिवराज नगरस्तरिय थारु संग्राहलय समितिका संयोजक प्रकाश चौधरी लगायतले गाउँ देखि शहर सम्म “सरक्षित पानी स्वास्थ्य जिन्दगानी” भन्ने उद्देश्यले सञ्चालन गरिएको पोषण वायोस्याण्ड फिलटर प्रबर्धन तथा स्वच्छता केन्द्रले गरेको प्राविधिक सहयोग एकदमै उल्लेखनिय रहेको जानकारी दिए ।