२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

चन्द्रौटामा पाठेघरको अप्रेसन सेवासँगै निःशुल्क स्वास्थ्य शिविर ।।

image

कपिलवस्तु, 

शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पतालमा तिन दिने निःशुल्क स्वास्थ्य शिविर शुरु गरिएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटामा अवस्थित आधारभुत अस्पतालमा सोमबारबाट सो शिविर सुरु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले शिवराज नगर भित्र समुदायमा लुकेर रहेका हजारौँ बढिपाठेघरका समस्या भएका महिलाहरुको पाठेघरको सम्पुर्ण जाँच तथा उपचार हुने गरी व्यवस्था गरिएकाले रोग ग्रसित बाध्यता हट्ने साथै निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन नगरबासीलाई आग्रह गरेको छन् ।

शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले तिन दिन सम्म चल्ने निःशुल्क स्वास्थ्य शिविरमा जटिल प्रकारको पाठेघरको रोगले उच्च जोखिममा रहेका महिलाको निःशुल्क अप्रेसन सेवा सहित पाठेघरको सम्पुर्ण जाँच, स्वासप्रस्वास सम्बन्धि समस्या, कुष्ठरोग सम्बन्धि समस्या भएकाहरुले स्वास्थ्य जाँच तथा उपचार निःशुल्क सेवा प्राप्त गर्न सक्ने भट्टराईले जानकारी दिए ।

स्वास्थ्य कार्यालय कपिलवस्तु र शिवराज नगरपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा ६ गते देखि शुरु भएको शिविर वैशाख ८ गते सम्म सञ्चलानमा रहने शिवराज नगपालिकाले जनाएको छ । 

नगरप्रमुख नेत्रराज अधिकारीको अध्यक्षता, उपप्रमुख शिवकुमारी चौधरीको विशिष्ट आतिथ्यता रहेको स्वास्थ्य शिविर शुभारम्भ कार्यक्रममा स्वास्थ्य कार्यालय कपिलवस्तु प्रमुख हेम राज पाण्डे, आम्दा अस्पतालका प्रसुति रोग बिशेषज्ञ, आधारभुत अस्पताल मे. सु. महेश गुप्ता, अस्पताल ब्यबस्थापन समिति सदस्य गोपाल बन्जाडे, सामाजिक बिकास शाखा सभापति सिबि गहतराज लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।