२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

अवैध काठ कटानमा जनप्रतिनिधी संलग्न ।।

image

कपिलवस्तु ।

ऐलानी जग्गामा रहेको खयर प्रजातिका अवैध काठ कटानमा वडा सदस्य केशव बहादुर खत्रीको संलग्नता रहेको पाइएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नंंं.४ बनकट्टी स्थित जग्गामा रहेको ४ वटा खयर प्रजातिका रुख अबैध रुपमा सदस्य खत्रीकै रोहोबरमा सोमबार बिहान काटिएको छ । 

२०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका सदस्य खत्रीको उपस्थीतीमा भएको यस घटनाले वन संरक्षण माथि जनप्रतिनिधीको उदासिनता देखिन्छ । अवैध रुख काट्दै गर्दा वडा सदस्य खत्रीले भने नजिकै रहेर काठ कटानमा सहयोग गरिरहेको भिडियो समाजिक सञ्जालमा बाहिरिएको छ । वडा सदस्य कै रोहोबरमा अवैध कार्य गरिनुुले जनतामा जनप्रतिनिधिहरुप्रति उत्तरदायी नभएको प्रष्ट देखिन्छ । सोमवार बिहान अवैध रुपमा काठ कटान भएको सूचना पाए पछि वडा प्रहरी कार्यालय चन्द्रौटा र डिभिजन बन कार्यालय गौतमबुुद्धको टोली उक्त स्थल पुगेको थियो ।

घटना स्थल पुुग्दा कोहि पनि नरहेको र काठलाई बन कार्यालयको जिम्मा लगाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । बन कार्यालयका प्रमुुख दुुर्गा कार्कीले आफु काठमाण्डौँ रहेको र काठ काटिएको विषयमा छानविन भइरहेको उनले बताए । अवैध रुपमा १०७.६४ क्युुफिट काठ बरामद गरिएको सहायक बन अधिकृत एजाज अन्सारीले जानकारी दिए । काठ कसले किन काटेको भन्ने विषयमा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय गौतमबुद्घ चन्द्रौटाले जनाएको छ । 
 

https://youtu.be/nYs4uS6btF0