२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

कपिलवस्तुको सवारी दुर्घटनामा चालकको मृत्यु, २४ बढी घाइते ।।

image

कपिलवस्तु,

कपिलवस्तुको बुद्धभुमी नगरपालिका–९, पूर्व पश्चिम राजमार्ग स्थित चम्पापुरमा सवारी दुर्घटना भएको छ । बुटवलबाट पश्चिम तर्फ आउदैँ गरेको लु १ ख ५६८४ नम्वरको यात्रुवाहक बस र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ३०१२ नम्वरको मालबाहक ट्रक मंगलवार विहान करिब ११ बजे एकापसमा ठोक्किएको हो ।

सवारी दुर्घटनमा २४ भन्दा वढी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप क्षेत्रीले बताए । प्रहरी निरीक्षक क्षेत्रीका अनुसार २४ गम्भिर घाइते मध्ये बस चालकको मृत्यु भएको छ भने ट्रक चालक सहित ५ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । स्थानीय रुटमा चल्ने बस भएको कारणले दुर्घटना घाईते हुने बढी स्थानीय रहेको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

प्रहरीका अनुसार बसको क्याबिनमा बसेका र ट्रक चालक सहित ५ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय गोरुसिगेंका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए । गाडीमा अड्किएका चालकको उद्धार गर्नका लागि प्रहरीले टोचन प्रयोग गरेको थियो । केही घाइतेको हात खुट्टा भाचिएको र ४ जना सामान्य चोट लागेको बताईएको छ ।

सामान्य चोट लागेकालाई गोरुसिंगेमा रहेको बुद्धपोली क्लिनिकमा उपचार गरि साथै अन्यलाई समेत थप उपचारका लागि चौराहा अस्पताल र क्रिमसन अस्पताल बुटवल तर्फ लगिएको बताईएको छ । इलाका प्रहरी कार्यालय गोरुसिंगे, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीले घाइतेको उद्धार गरी एम्वुलेन्स, निजि जिप तथा कारको प्रयोग गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।