२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

सुगन्धित फूल हो महुवा ।।

image


कपिलवस्तु ।

जङ्गलमा पाइने एक प्रकारको सुगन्धित फूल हो महुवा । तराई लगायतका विभिन्न जिल्लाको जंगलमा पाइने महुवा प्रजातिको रुखमा फूल हुने गर्दछ । जुन प्रायः चैत, बैशाख र जेठ महिनामा रुखबाट भुईंमा खसेर खेर जाने गर्छ । तर त्यहि महुवाको सुगन्धित फूललाई थारु समुदायले रोचक तरिकाले प्रयोग गरेको पाईन्छ ।

रोचक तरिकामा भने उक्त समुदायमा आयुर्वेदिक औषधी तथा स्वादिलो रक्सी बनाउनका लागि महुवा प्रयोग गर्ने गरेको देखिन्छ । यस समयमा थारु समुदायका नागरिक महुवा बटुल्नका लागि विहानै देखि जंगल पुग्ने गर्दछन् । महुवा संकलनको सिजन सुरु भएसंगै जंगलमा महुवा बटुल्नेहरुको चहलपहल सुरु हुने थारु कल्याणकारिणीसभा कपिलवस्तुका अध्यक्ष उमाशंकर थारुले बताउँछन् । उनले भने–‘महुवा बटुल्न मान्छेहरु विहानै जंगल पुग्थे तर यो वर्ष अरु वर्षको जस्तो महुवा पनि छैन, साथै मानिस विभिन्न रोजगारीमा प्रभावित भएका कारण जङ्गल जानेको संख्या समेत घटेको छ ।’

पछिल्लो समय थारु समुदायले विभिन्न ठाउँमा होमस्टे सञ्चालन भएको थारु कपिलवस्तुका अगुवा कल्लु थारुले बताए । होमस्टेमा आउने पाहुनाहरुले महुवाको रक्सी रुचाउने गरेकाले स्थानीयले संलन गरेका महुवा होमस्टे सञ्चालकले पनि खरिद गर्ने गरेको उनले बताए । यसैगरी, विभिन्न चाडपर्वका बेला घरमा आएका पाहुनालाई खुवाउनका लागि घरमै रक्सी बनाइने गरेको अगुवा थारुले बताए ।

महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिका वृक्षको फूल हो । बसन्त ऋतुभरि यसको फूल फुलेर झर्ने गर्दछ । झरेको फूललाई संलन गरी सुकाउने र रक्सी बनाउने गरिन्छ । महुवा शक्तिवद्र्धक जडिबुटी रहे पनि यसको वैज्ञानिक खोज तथा अनुसन्धान हुन नसक्दा यो त्यत्तिकै खेर गइरहेको कतिपयको बुझाइ पनि छ ।  स्थानीयले महुवा संकलन गरेर पछि मदिरा बनाउने गर्दछन् । महुवा जंगलमा पाईने एक प्रकारको सुगन्धित फुल हो । यो औषधी मूलक हुन्छ । महुवाबाट औषधि समेत बनाउन सकिने भए पनि यसको उपयोग केवल रक्सी बनाउनमा मात्रै सीमित हुने गरेको कपिलवस्तुका स्थानियको भनाई छ ।