२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

हात्तिपाईले रोगबारे अभिमुखिकरण ।।

image

कपिलवस्तु,

चनई स्वास्थ्य चौकीले वडा भित्रका स्वयमसेविकाहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाकोे शिवराज नगरपालिका वडा नं ३ खरेन्द्रपुरमा रहेको स्वास्थ्य चौकीले औषधि सेवन प्रभावकारी बनाउन शुक्रबार अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

“औषधि खाऔँ फाइलेयिा रोग भगाऔँ” भन्ने उद्धेश्यले आयोजना गरिएको चनई स्वास्थ्य चौकीका इन्र्चाज जितेन्द्र बहादुर विसीले जानकारी दिए । कार्यक्रममा सहभागी स्वयसेविकाहरुलाई वडा नं.३ मा मात्रै नभए जिल्लाबाट नै हात्तिपाईले (फाइलेरिया) निर्मूल पार्ने सरकारको लक्ष्य रहेको बताउँदै आफूहरु त्यसमा सहभागि भई आम नागरिकले हात्तिपाईले रोग विरुद्ध औषधिको सेवनबारे प्रभावकारी सञ्चार गर्न ईन्चार्ज विसीले आग्रह गरे । बिशेषगरी साझा र रातीको समयमा लामखुट्टेको टोकाईबाट यो रोग लाग्ने गरेको आम नागरिकलाई जानकारी गराउँदै धुक्का भएर हात्तिपाइले विरुद्धको औषधि सेवन गर्न आग्रह समेत उनले गरे । कपिलवस्तु, दाङ र मोरङ लगायतका जिल्लाहरुमा मात्रै अहिले १३औँ पटकको फाइलेरिया विरुद्धको औषधि सेवन प्रयोगमा ल्याईएको चनई स्वास्थ्य चौकीका इन्र्चाज विसीले बताए । यहि चैत्त २० गतेबाट ३ वटै जिल्लाका सबै पालिकाहरुमा कार्यक्रम लागु भएको बताउँदै यस पटकको औषधिले आफ्नो वडा लगायत जिल्ला नै हात्तिपाई रोग मुक्त हुनुमा विश्वास समेत उनले व्यक्त गरे । पहिलो चरणमा जनप्रतिनिधी लगायत अग्र पंक्तिमा रहेर काम गर्ने नागरिकलाई औषधि खुवाईने विसीले जानकारी दिए । त्यसपछि घर दैलोमा आम नागरिकलाई प्रत्यक्ष लाभ हुने गरि औषधि प्रयोगमा ल्याइने समेत उनले जनाए ।

चनई स्वास्थ्य चौकीका अध्यक्ष बलराम मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा सोही चौकीकी अहेवा गंगा आचार्य, समयथान माध्यमिक विद्यालयका प्राचार्य गिरी प्रसाद गैरे, धर्म ज्योति प्राविका प्रधानध्यापक खगेन्द्र बेल्वासे लगायतले कार्यक्रममा बोल्दै गैर उपस्थित व्यक्तिका लागि औषधी पोको पारी नदिइने साथै हात्तिपाईले रोगबारे जानकारी गराउँदै आम नगरिकमा सोवन प्रभावकारी बनाउनुमा जोड दिएका थिए ।