२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

“बनजाव न मोरे सजन” म्युजिक भिडियो सार्वजनिक ।।

image

कपिलवस्तु ।

लोकप्रिय तथा चर्चित गायिका अन्नु चौधरी तथा गायक सरगम चौधरीको सुमधुर स्वरमा सजिएको “बनजाव न मोेरे सजन” म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार एन डि स्टुडियोबाट सार्वजनिक भएको छ ।

जसको शब्द संगित गायक सरगम चौधरीले आफैले गरेका छन् । अडिया गीतको एरेजिङ गणेश चौधरीले गरेका छन् । यस्तै आदर्श महतोले निर्देशन गरेको म्युजिक भिडियोमा रमेश चौधरी र भिस्मा चौधरीले अभिनय गरेको भिडियोमा देख्न सकिन्छ । जसको क्यामेरा मेनमा लक्ष्मण चौधरी रहेका छन् भने भिडियो इडिट तथा कलर गरान्डिङ राकेश चौधरीले गरेका हुन् । 

भिडियोको पर्दामा मोडेल रमेश तथा भिस्माले  आफू थारु भएर पनि नेपालीपन महसुस गर्दै नेपाली डे«समा बेहुला र बेहुलीको रुपमा देखिएको तस्बिरले मनै लोभेयाउने निर्माता पक्षले जिकिर गरेको छ । कपिलवस्तु जिल्लाकै पछि परेको पश्चिमी क्षेत्रको प्राकृतिक मनोरम दृश्य कैद गरि निमार्ण गरेको भिडियोले सो स्थानप्रति दर्शक स्रोताहरुको मन आर्कषण गर्ने तथा राम्रो भ्युज बढने आश गरेको मोडेल रमेश चौधरीले बताए । मोडेल चौधरी आफूले सांगितिक यात्राको पहिलो कदम रहेको जनाउँदै आफ्नो समाजमा केहि इतिहास तथा कल्चरको जर्गेना गर्ने उद्घेश्यले यात्राको सुरुवात गरेको उनले बताए । त्यसैगरी कपिलवस्तुको शिवराज नगरपालिका–९, भगवानपुरमा रहेको मोती ईट्टा उद्योग तथा मोतीलाल राईस मिलकी प्रोपराईटर प्रतिमा चौधरीको उत्पादनमा भएको भिडियोले स्रोताहरुको मन जित्ने कलाकारले विश्वास गरेको बताएका छन् । 

 

https://youtube.com/watch?v=7A1b3JzOMFw&feature=share