२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

पिडित परिवारमा मलम लगाउँदै शिवराज–३ का वडाध्यक्ष सापकोटा ।।

image

कपिलवस्तु,

निर्वाचित भएका जनप्रतिनिधिहरु आफ्नै स्वार्थमा लिप्त भएको घटनाहरु कयौं सुनिन्छ । आम नागरिकसँग गरेका बाचालाई निर्वाचित भइसके पछि भुल्ने गरेका छन् । तर कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ का मनकारी वडा अध्यक्ष टेकलाल सापकोटाले भने निरन्तर नागरिकको दुखेको घाउमा मलम लगाउने कार्य गर्दै आइरहेका छन् । उनले सरकारले दिइएको सेवा सुविधा कटौटी गरि आम नागरिकहरुमा लगानी गर्दै आएका छन् । केहि दिन अघि मात्र शिवराज नगरपालिका–३, भितरियाका भिखु थारुको अकस्मात निधन हो ।

दैनिक मजदुरी गरेर जिविको पार्जन गर्ने थारु परिवारलाई अहिले काजकिरिया गर्नको लागि समेत रकम नहुँदा समस्यामा परेको बुझिएको छ । श्रीमान र छोराको मृत्यु हुँदा बेसहारा बनेका पीडित परिवारलाई वडाध्यक्ष सापकोटाले राहत उपलब्ध गराएको उनले जनाए । विपन्न परिवारलाई कसैको साहारा नभएपछि वडा अध्यक्षले बिहिबार पिडित परिवारको घरमै पुगेर नगद ५ हजार १ सय रकम सहयोग गरेका हुन् । मजदूरी गरी जीविकोपार्जन गर्दै आएका अति विपन्न परिवारमा कमाउने मान्छे नै नभएपछि परिवार बिचल्लीमा परेका हुन् ।

दैनिकी लेबर गरेर घर खर्च चलाएर जिविको पार्जन गर्दै आएका थारु परिवारलाई वडा अध्यक्ष सहयोग गरेपछि स्थानीय नोखई थारुले मनकारी अध्यक्षलाई धन्यवाद व्यक्त गरे । मृतक परिवारमा हाल ३ बच्चा र श्रीमती र आमा समेत गरि ५ जना रहेको पारिवारिक स्रोतले जनाएको छ ।

पिडित परिवारलाई राहत पुग्ने उद्देश्यले सहयोग गरेको वडा अध्यक्ष सापकोटाले जनाए । आफूले व्यक्तिगत रुपमा पिडित परिवारलाई सहयोग गरेको उनले जनाए । वडा अध्यक्ष सापकोटाले समस्यामा परेका नगर तथा वडाका नागरिकहरुलाई आर्थिक सहयोग देखि अन्य काममा पनि सहयोग गर्दै आएको वडाध्यक्ष सापकोटाले जानकारी दिए ।